थप ३ हजार ४२१ जनामा कोरोना पुष्टि, २५ को मृत्यु

July 26, 2021 8:11 pm

काठमाण्डौ,साउन ११
नेपालमा आज थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ८२ हजार ९४७ जना संक्रमित भएकोमा ६ लाख ४५ हजार ३ सय १ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।