चितवनमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना पुष्टि

July 26, 2021 7:58 pm

चितवन,साउन ११
चितवनमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १९ हजार ५२९ जना कोरोना संक्रमित भएकोमा १७ हजार ३०५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ९०३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको छ ।