
काठमाण्डौ,साउन १०
नेपालमा आज थप २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २५० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ८० हजार ५५६ जना संक्रमित भएकोमा ६ लाख ४३ हजार ६ सय १५ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।