चितवनमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना पुष्टि

July 25, 2021 2:13 pm

चितवन,साउन १०
चितवनमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १९ हजार ३३७ जना कोरोना संक्रमित भएकोमा १७ हजार १९१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ८२५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको छ ।