यातायात व्यवसायीले गाडीको ‘चाबी’प्रधानमन्त्रीलाई बुझाए

July 25, 2021 1:50 pm

काठमाडौं ।
यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन ।

उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै ती माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने बताएका छन ।
ै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि उनीहरुले माग गरेका छन ।

त्यस्तै चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएमा ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ ।

महासचिव भरत नेपालले आफूहरुले ७ बुँदे माग राखेर असार २४ गतेदेखि आन्दोलन शुरु गरेको र चाबी बुझाउने कार्यक्रम पहिलो चरणको अन्तिम कार्यक्रम भएको बताए । आफनो मागबारे सरकार कति गम्भीर हुन्छ त्यो हेरेर भोलि समीक्षा बैठक भएको र त्यसपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी रहेको उनले बताए ।