
काठमाडौं,
चर्चित निर्देशक नवल नेपालले निर्देशन गरेको सिरिज ‘दिल चुप छ’ प्रसारणमा आएको छ । बुढासुब्बा अफिसियल युट्युब च्यानलबाट प्रसारणमा आएको सिरिज हप्ताको एक दिन शनिबार साँझ ७ः३० बजे प्रसारण हुने छ ।
सिरिजमा वैवााहिक जीवनका आरोह अवरोह, जोडीका अप्ठ्यारा र त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनलाई नजिकबाट प्रस्तुत गर्न खोजिएको छ । दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन रहेको प्रस्तुत सिरिजलाई नवराज गिरि र सरस्वती गिरिले निर्माण गरेका हुन ।
सिरिजमा सरोज खनाल, सुर्यमाला खनाल, यशराज गराच, रिस्ता अधिकारी, निर्मल न्यौपाने, महेश खड्का, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल , प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्का, प्रतिक गिरि,शिक्षा संग्रौला,सक्षम पुरी लगायतको अभिनय रहेको छ ।