
काठमाण्डौ,साउन ९
नेपालमा आज थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १९७ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ७९ हजार १७ जना संक्रमित भएकोमा ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।