कांग्रेसको वडा अधिवेशन स्थगित

July 24, 2021 3:06 pm

कांग्रेसको साउन १२ गते गर्ने भनेको वडा तहको अधिवेशन स्थगित भएको छ । शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । जिल्लाहरूमा कोरोना संक्रमण बढ्ने क्रम नरोकिएकोले वडा तहको अधिवेशन स्थगित गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले वडा तहको अधिवेशन स्थगित भएपनि १६ गतेदेखि हुने महाधिवेशन महाधिवेशन र अन्य तहका अधिवेशन कायमै रहेको बताए ।