
चितवन,साउन ९
चितवनमा पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १९ हजार २७५ जना कोरोना संक्रमित भएकोमा १६ हजार ९९३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ९६२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३२० पुगेको छ ।