
चितवन : चितवनमा ९ लाखको लागि एउटै गणको आर्मीले साथीको गोलि हानि हत्या गरेका छन् । नेपाली सेनाका जवान भरत गुरूङलाई सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत गंगाधर ढकालले गोलि हानि हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
चितवनमा जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारीले भएको बताए ।
भरतपुर–२१ का गंगाधरले गुरुङको खाताबाट आफैं हस्ताक्षर गरी ९ लाख रुपैयाँ निकालेर आफ्नो घरमा लगेर ६ लाख रूपैयाँ श्रीमतीलाई, २ लाख रूपैयाँ बुबालाई र बाँकी एक लाख आँफैंसँग राखेको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
काठमाडौंस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको महेन्द्रदल गणमा कार्यरत भरतले साउन ५ गते चितवन आउनका लागि बिदा लिए।
त्यसपछि गंगाधरकै मोटरसाइकलमा चितवन आएका उनीहरू राति एक होटलमा बास बसेर ६ गते बिहान भरतपुर–१९ शारदानगरस्थित भरतको माइला बुवाको छोरा रविन गुरूङको घरमा पुगेर झोला राखे। त्यसपछि गंगाधरसँगै मोटरसाइकल चढेर बजारतिर गए ।
त्यसपछि राती होटलमा बसेर रक्सी सेवन गरेपछि बिहान घटनास्थल नजिकै पिसाब गर्ने बहानामा मोटरसाइकल रोकेका गंगाधरले भरतलाई टाउकोमा ‘एसएमजी’ले हानेर मृत्यु भएपछि तानेर घोलमा फालेर हिँडेको खुल्न आएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान मृतकको शब भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले गंगाधरलाई बिहीबार अपरान्ह भरतपुर–२० चनौलीबाट पक्राउ गरेको थियो।
प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ।