
काठमाडौ
प्रधानमन्त्री शेरबहादुर देउवाले जनतामा देखिने खालका काम गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको बताएका छन्।
उनले ६ महिनाभित्रै त्यस्ता काम थालिने बताए।
प्रतिनिधिसभालाई सम्बोधन गर्दै शुक्रबार देउवाले अहिले कोरोनाविरूद्धको खोप ल्याउनु सरकारको मुख्य चुनौती रहेको बताए।
देउवाले ऋण वा सापटी लिएर जहाँ जहाँबाट पाइन्छ खोप जनतालाई उपलब्ध गराउने बताए।
उनले आफ्नो सरकारमा धेरै अनुभव राजनीतिज्ञहरू रहेको भन्दै जनताको काम गर्न सवैको साथ र समर्थन प्राप्त भएको बताए ।साथै उनले सहयोग पुरयाउने सबैलाई धन्यवाद समेत ब्यक्क्त गरे ।