चितवनमा अपराधिक कृयाकलाप बढदै ,सैनिक हत्या प्रकरणमा उनकै साथी पक्राउ

July 23, 2021 7:06 pm

चितवन ।
चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परको छन ।

जिल््ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका २० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

बिहीबार भरतपुर १७ मा नेपाली सेनाका हवल्दार भरत गुरुङको शव भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देखिएको थियो।

चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन ।थप अनुुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।