प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गर्न ,प्रचण्ड र नेपाललाई वैद्यको सुझाव

July 23, 2021 7:00 pm

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी मोओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जानुको बिकल्प नभएको बताएका छन्

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन ।

नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको मोह छोडेर जनताको सेवामा लाग्न सुझाव दिए ।

सरकार, संसद र सडकमा भएका कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने भन्दै उनले सडकमा भएका कम्युनिष्टहरुलाई बेवास्ता गरेर जान नहुने बताए ।

केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको भन्दै नेता वैद्यले ओलीले आफुलाई सच्चाएर अगाडी बढनुपर्ने बताए ।