थप २ हजार ९७७ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

July 23, 2021 5:27 pm

काठमाण्डौ,साउन ८
नेपालमा आज थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ७६ हजार ७०८ जना संक्रमित भएकोमा ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।