सलोन सालीना फिल्म्सको ब्यानरमा बिएम एचडि टेलेभिजनको प्रस्तुतीमा नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन भने बिएम एचडि टेलेभिजन नै निर्माताको रुपमा रहेको छ । सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी,सुमिन गुरुङ,एलिस्टा सुवेदी,सृष्टि तिमिल्सिना,मनीषा ओझा, सन्तोष गिरी लगाएतको अभिनय छ ।
सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।
नेपाली चलचित्र र थुप्रै मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको बिएम एचडि टेलिभिजनले सातै दिन नयाँ नयाँ सिरिजका साथै चलचित्रहरु प्रसारण गर्दै आएको छ । उक्त्त सिरिज साउन ७ गते बाट प्रत्येक बिहिबार बेलुकी ७ बजे प्रसारण गर्ने र सोही दिन राती ७:३० बजे बुढा सुब्बा डिजिटल को आधिकारिक युटुब च्यानल बाट पनि प्रसारण हुनेछ ।