काठमाडौं, साउन ८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता रावलले प्रधानमत्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अन्तिम समयमा राजिनामाको घोषणा गरेका थिए ।