
काठमाण्डौ,साउन ७
नेपालमा आज थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २८८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ७४ हजार ७२६ जना संक्रमित भएकोमा ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।