काठमाडौं, साउन ७
सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धी विवादहरुको सुनुवाई साउन १५ गते पछि गर्ने भएको छ । कोरोना महामारीका कारण अधिकांश सेवा कटौती गरेको सर्वोच्च अदालतले साउन पछि मात्र सुवुवाई गर्ने निर्णय गरेको हो । कोरोनाको कारण वन्द भएका सेवाहरु विस्तारै खुल्ने क्रममा रहेको र साउन लागेपछि लगत व्यवस्थापनका कारण केही दिन फेरी कामकाज प्रभावित भएका हो । साउन १५ गते साप्ताहिक पेशी तोकिने र त्यसपछि पुराना मुद्दाहरुको पनि नियमित सुनुवाई हुने अदालतले जनाएको छ । ओली सरकारले गत मंसीर अन्तिम साता र जेठको पहिलो सातामा अध्यादेश जारी गरी संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति गरेको थियो ।