चितवन,साउन ७
नेपाली काङ्ग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३९औ स्मृति दिवस विविध कार्यक्रम गरि स्मरण गरिएको छ । स्मृति दिवस पारेर नेपाल किसान संघले कालिका नगरपालिका ९ स्यामराङ् शक्तिखोरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मौरी पालक संघको पहलमा नेपाल मौरी बिकास कार्यक्रम भण्डाराको सहयोगमा २०० चिउरीको बिरुवा रोपिएको नेपाल मौरी पालक संघका केन्द्रिय अध्यक्ष शिव प्रसाद शर्माले बताए ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा महासमिति सदस्य एवम् इच्छाकामना गाउपालिका अध्यक्ष गिता गुरुङ ,नेपाली काङ्ग्रेसका नेता एवम् महासमिति सदस्य कमल आचार्य,नेपाली काङ्ग्रेसका नेता एवम् किसान संघ जिल्ला उपसभापति निलकण्ठ रिजाल ,कालिका नगर सभापति राजु श्रेष्ठ ,जिल्ला सह सचीव सुर्य अर्याल,महिला संघ कालिका सभापति कमला पौडेल लगाएतले मन्तव्य ब्यक्त गरेका थिए । मन्तव्यका क्रममा वीपीको मार्ग दर्शन आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै नेपाली काङ्ग्रेसले विपीले देखाएको बाटोमा अबिचलित हिड्नु पर्ने बताएका थिए । कार्यक्रम नेपाली काङ्ग्रेसका युवा नेता एवम् नेपाल मौरी पालन संघका केन्द्रिय अध्यक्ष शिव प्रसाद शर्मा पौडेलले संचालन गरेका थिए ।
यसैगरी,स्मृति दिवसकै अवसरमा नेपाली काङ्ग्रेस कालिका नगर समितिले खोलेसिमल बजारमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नगर सभापति राजु श्रेष्ठको सभापतित्वमा भएको दीप प्रज्वलन कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियोे ।