
रत्ननगर,साउन ७
प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा रत्ननगरमा दिप प्रज्वलन गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्वर १(ख) को आयोजनमा रत्ननगरको शान्ती चोकमा बुधबार दिप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा कार्यक्रम संयोजक तथा नेपाली कांग्रेस १(ख) का सभापति सुजन थापाले जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि लडेका कोइराला दूरदर्शी राजनेता रहेको स्मरण गर्दै उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भएको वताए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब सांसद सावित्री चौधरी,जिल्ला प्रबक्ता निता ढकाल ,महाधिवेशन प्रतिनिधि बिजय ओझा ,गिता देबकोटा,संजय लामा,पुर्ब क्षेत्रीय सभापति कुमार कार्की,नेपाली काङ्ग्रेसका नेता प्राध्यापक डाक्टर तिर्थ खनिया,जिल्ला सदस्य दिवाकर अर्याल,प्रलाद सापकोटा नगर सभापति रुपनराज घिमिरे महिला संघ जिल्ला कोषाध्यक्ष रिता अधिकारी लगायत वडा देखी जिल्ला तह सम्मका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियोे ।
यसैगरी, स्मृति दिवसकै अवसर पारेर नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को आयोजनामा पुर्बी चितवनको कुमरोजमा वृक्षरोपण कार्यक्रम गरिएको छ । कार्यक्रममा मन्तव्यका क्रममा अधिकांशले बिपीले परिकल्पना गरेको प्रजातन्त्र पछीको समाजवाद आज पनि उतिकै महत्त्व रहेको बताएका थिए । क्षेत्रीय सभापति राजु सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति जित नारायण श्रेष्ठ ,पुर्ब राज्य मन्त्री सावित्री बोगटी पाठक ,महासमिती सदस्य जोखा चौधरी ,सुसिला उप्रेती ,राजेन्द्र प्रसाद बुर्लाकोटी ,महाधिवेशन प्रतिनिधि गिता देबकोटा, क्षेत्रीय सभापति १ ख देबेन लामा ,जिल्ला सदस्य किरण ओलि , दिनेश अधिकारी ,कमला श्रेष्ठ ,क्षेत्र नम्बर २ का पुर्ब क्षेत्रीय सभापति कुमार कार्की ,जिल्ला सह सचीव सुर्य अर्याल ,प्रबक्ता निता ढकाल ,जिल्ला सदस्य दिवाकर अर्याल ,खैरहनी सभापति शशि खनिया ,रत्ननगर सभापति रुपनराज घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।