थप २ हजार ८३८ जनामा कोरोना पुष्टि, ३० को मृत्यु

July 21, 2021 6:21 pm

काठमाण्डौ,साउन ६
नेपालमा आज थप २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४७५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ७२ हजार ८७१ जना संक्रमित भएकोमा ६ लाख ३६ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।