एमाले माधव समूहको स्थायी कमिटीको भर्चुअल बैठक चल्दै

July 21, 2021 10:08 am

काठमाडौं ।
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको नेपाल पक्षका एक नेताले बताए ।