
काठमाण्डौ –
चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने छ । उहाँका अनुसार ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको छ । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यसैबीच, कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अनुसार आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिनुभयो । चीनसँग खरिद गरिएका खोप लिन आज राति ११ बजे गएर भोली दिउँसो २ बजे जहाज नेपाल आउने छ । यस्तै भोली राति ११ फेरि जहाज गएर पर्सी आउने छ । यस्तै, खोप लिन ९ गते जाने जहाजले १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।