थप ३ हजार १०८ जनामा कोरोना पुष्टि, २५ को मृत्यु

July 20, 2021 5:29 pm

काठमाण्डौ,साउन ५
नेपालमा आज थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ७० हजार ९५३ जना संक्रमित भएकोमा ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।