चितवनमा पछिल्लो २४ घण्टामा १९० जनामा कोरोना पुष्टि,६ को मृत्यु

July 20, 2021 2:48 pm

चितवन,साउन ५
चितवनमा पछिल्लो २४ घण्टामा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १८ हजार ६११ जना कोरोना संक्रमित भएकोमा १६ हजार ६४८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ६४८ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३१५ पुगेको छ ।