चितवन,साउन ४
चितवनमा पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १८ हजार ४२०जना कोरोना संक्रमित भएकोमा १६ हजार ५२८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ५८२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।