देउवा र मोदीबीच टेलिफोन कुराकानी, कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने

July 19, 2021 5:00 pm

काठमाण्डौ –
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवा बिच फोन मार्फत कुराकानी ुभएको छ ।

प्रधानमन्त्री देउवालाई हिजो सोमवार बधाई दिनुभएका मोदीले आज फोनमा कुराकानी गरेर आउँदो दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने कुरा भएको भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले पनि टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले छिट्टै कोरोना खोप दिने आश्वासन दिनुभएको ट्विटरमार्फत जानकारी दिनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन पनि दिनुभएको छ । टेलिफोन कुराकानीका क्रममा मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।