काठमाण्डौ –
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी थिएनन ।
े बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय अटेरी गर्दै नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिनेहरूमा नैतिकता र पार्टीप्रति कुनै जिम्मेवारी नभएको आरोप लगाउनुभयो ।
दशौँ केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु भएको एमालेले जनाएको छ ।
ओलीले आफ्नै पार्टीको सरकार ढाल््ने र अर्को पार्टीका व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गर्नु पार्टीका लागि लाजमर्दो विषय भएको भन्दै उनीहरूलाई यत्तिकै छाड्न नमिल्ने बताउनुभएको छ ।
हिजो आइतवार पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्विप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका थिए भने ११ जना अनुपस्थित भए । माधव नेपाल समूहका १४ र ओली समूहका आठ जनाले देउवालाई विश्वासको मत दिएका हुन ।