
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाले पक्षमा १६५ मत प्राप्त गरेका हुन । विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको हो ।आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए। देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्।