
काठमाण्डौ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई सामान्य सोचेर नहेप्न चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आगोसँग खेल्ने काम त्यति राम्रो नहुने भन्दै माओवादीलाई हेप्न र अपमानित गर्न थालेमा आगो फेरि सल््िकन सक्ने चेतावनी दिनुभएको हो ।उहाँले एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै गोहीको आँशु नबगाउन सुझाव दिनुभयो ।
अदालतले संविधानको मर्म र भावनाअनुरूप प्रतिनिधि सभा पुनस्र्थापना गरेको उहाँको भनाइ छ । प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु आश्चर्यजनक रहेको पनि बताउनुभयो । ओली पुनस्र्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा अनुपस्थित भएकोबारेमा पनि प्रश्न उठाउनुभएको छ । भिन्न मतलाई स्वीकार्न सक्ने आँट पनि हुनुपर्ने बताउनुभयो ।