काठमाण्डौ,साउन ३
नेपालमा आज थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६६७ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित भएकोमा ६ लाख ६७ हजार १ सय ९ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।