काठमाडौं साउन ३
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।