
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरि मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।