काठमाडौं,साउन ३
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको छ । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार हतार विश्वासको मत लिन खोजिएको ठहर गर्दै विश्वासको मत दिनेहरु पार्टीमा नरहने निर्णय गरेको हो । पुनःस्थापित संसदको आज हुन लागेको पहिलो बैठकमै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदैछन् ।