
काठमाण्डौ,साउन २
नेपालमा आज थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १६४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ६५ हजार ८८६ जना संक्रमित भएकोमा ६ लाख ३० हजार ४ सय ७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।