
काठमाण्डौ,साउन १
नेपालमा आज थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७७५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ६४ हजार ५७६ जना संक्रमित भएकोमा ६ लाख २८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।