चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना पुष्टि,४ को मृत्यु

July 16, 2021 5:20 pm

चितवन,साउन १
चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १८ हजार ११७ जना कोरोना संक्रमित भएकोमा १६ हजार १५० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ६६२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३०५ पुगेको छ ।