आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने : एमाले अध्यक्ष ओली

July 16, 2021 1:33 pm

काठमाडौं ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने बताएका छन् ।
अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन ।

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए ।

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित रहेका छन ।