एमाले स्थायी कमिटी बैठक सुरु तीन एजेण्डामा छलफल हुदै

July 16, 2021 12:46 pm

काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ ।