चितवनमा निषेधाज्ञा थपियो

July 15, 2021 10:40 am

चितवन,असार ३१
चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गर्दै साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको हो।जारी आदेश अनुसार जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरण नभएकाले निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ । जारी आदेशमा खाजा घर, रेष्टुरेन्ट र मिठाइ पसलहरु साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ । यसअघि टेकअवे र होमडेलिभरी सेवा मात्रै रेष्टुरेन्टहरुले दिन पाएकोमा अब देखि रेष्टुरेन्टमै ग्राहक राख्न पाइने भएको छ । यस्तै,भौतिकरुपमा उपस्थित भई पठनपाठनलगायतका शैक्षिक गतिविधि सञ्चालन गर्न नपाइने भएको छ । परीक्षा सञ्चालनका सम्बन्धमा भने २५ जनाभन्दा बढी सहभागी नहुनेगरी सञ्चालन गर्ने, २५ जनाभन्दा बढी परीक्षार्थी जम्मा हुने अवस्था भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गर्नुपर्ने प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ ।