
चितवन,असार ३०
चितवनमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १७ हजार ८२८ जना कोरोना संक्रमित भएकोमा १६ हजार १८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ५१३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २९७ पुगेको छ ।