
काठमाण्डौ,असार ३०
नेपालमा आज थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६०६ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ६० हजार ७८८ जना संक्रमित भएकोमा ६ लाख २४ हजार ७ सय ११ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ ।