
लक्ष्मण सापकोटा/चितवन,असार ३०
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कालिका नगरपालिकाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पौडेलले केही दिनअघि आएको बाढीपहिरोले धेरै क्षती पुर्याएको सिद्धीमा पुगेर स्थलगत निरीक्षण गरेका हुन् । स्थलगत निरीक्षण गरेपछि पौडेलले बाढीपहिरोले घरहरु पुरिएको अबस्थामा रहेकोे र सडकहरु अवरुद्ध भएकोले तत्कालै घरहरुलाई वस्ने वनाउन र सडक मर्मत गर्नको लागी नगरपालिकालाई रकम उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । उनले तत्कालै गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिदै क्षती भएको यथार्थ विवरण अनुसारको उचित क्षतीपुर्ति उपलब्ध गराउन र आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको वताए । निरीक्षण टोलीमा रहेका बागमति प्रदेश भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बाढीपहिरोले क्षती पुगेको ठाउँ देखेपछि दुखी भएको भन्दै दिर्घकालीन समाधान खोज्नुपर्ने वताउदै सिद्धीलाई पहिलेको अवस्थामा फर्काउन सवैले आ-आफ्नो ठाउँवाट सहयोग गर्नुपर्ने वताए ।
त्यस्तै आन्तरिक मामीला तथा कानुन मन्त्री केशबराज पाण्डेले क्षतीको बारेमा जानकार रहेको भन्दै तिन तहको सरकारले आवश्यक सहयोगको लागी काम गरिरहेको जानकारी दिए । पाण्डेले आगामाी दिनमा सिद्धीमा अहिले भएको जस्तो घटना नदोहोरीनका लागी तटवन्धन लगायत अन्य दिर्घकालीन समाधानको विषयमा छलफल गरेर उचित निर्णय लिने प्रतिवद्धता ब्यक्त गरे । बाढीपहीरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले मुख्यमन्त्रीलाई क्षती भएको ठाउँलाई फेरी पुरानै अवस्थामा फर्काउनको लागी ठुलो रकम खर्च हुने र त्यो नगरपालिकाको स्रोत साधनले नभ्याउने भएकोले प्रदेश सरकारको सहयोग आवश्यक रहेको वताए । श्रेष्ठले आवश्यक सहयोग समयमै उपलब्ध भएमा एक वर्षभीत्र सिद्धीलाई पुरानै अवस्थामा फर्काउन सकिने दावी गरे ।
बाढीपहीरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रदेश सांसद घनश्याम दाहाल,मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार जगन्नाथ थपलिया,भुमिहीन,अब्यवस्थित तथा सुकुम्वासी आयोग चितवनका अध्यक्ष यादव पाठक,स्थानिय जनप्रतिनिधी लगायतको उपस्थिीत रहेको थियो ।