प्रधानमन्त्री देउवा र माधव नेपाल बिच कोटेश्वरमा भेटघाट

July 14, 2021 5:57 pm

काठमाडौ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। ।नेपालको निवासमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल भएको हो
नेपाल समूहका २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्।

नेपाल हिजो भएको देउवाको सपथ ग्रहणमा पनि सहभागी भएका थिए। शितल निवासमा उनले देउवालाई बधाई दिएका थिए।

केपी शर्मा ओलीविरूद्ध गठबन्धन गर्दा नेपाल र देउवा सँगै थिए। सर्वोच्चको फैसलापछि नेपालले अब आफू गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए।

आज प्रधानमन्त्री देउवालाई माधव नेपालले नै आफ्नो निवासमा बोलाइएका हुन ।