
चितवन,असार २८
चितवनमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिन जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १७ हजार ५६८ जना कोरोना संक्रमित भएकोमा १५ हजार ८३४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ४४० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २९४ पुगेको छ ।