काठमाडौं,
नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलामा बाधा पुग्ने काम कसैबाट हुन नहुने बताएका छन्। आज सोमबार सर्वोच्चले प्रतिनिधि सभा पुनस्स्थापना गरेसँगै थापाले अदालतको आदेश मन नपरेमा असहमत भए पनि अस्वीकार गर्न भने नमिल्ने बताए। उनले सो आदेशलाई उत्तेजना, दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा हुने मुर्खता कतेबाट हुन नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन,ु बाधा पार्ने मुर्खता कतैबाट नहोस भन्दै अदालतका्े फैसला जनताको र सत्यको पक्षमा भएको बताएका छन् ।