काठमाडौ,असार २७ – नेकपा (एमाले) एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार राती अबेरसम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर गर्ने, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेका नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको हो ।