काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तड्पिन नपर्ने बताए ।
२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका भन्दै उनले केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्ने बताए
प्रधानमन्त्री ओलीले विगतमा केही समय कोरोना खोप अभाव हुने स्थिति देखिए पनि अब लगातार खोप आउने बताए ।
कोरोना खोप ल्याउनका लागि सरकारले नयाँ नयाँ सम्झौता गरिरहेको र त्यसका लागि संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।
उनले नेपालमा प्रचलित आयुर्वेद विज्ञानको शासक वर्गले प्रचार प्रसार नगरेका कारण नेपालीहरु धामी झाँक्रीमा विश्वास गर्न पुगेका बताए ।
‘आयुर्वेदलाई शासक वर्गले सर्वसाधारणसम्म पु¥याइदिएको भए झारफुकमा विश्वास गनुपर्ने थिएन’ उनले भने, ‘आयुर्वेद शासक वर्गभित्र कैद भएर बस्यो, त्यो शिक्षा विज्ञान फैलिन पाएन ।’
प्रधानमन्त्री ओलीले नेपालमा जस्तो सस्तो उपचार पद्धति कहिँ नभएको दावी गरे । उनले स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र महंगो हुन नदिन सावधानी अपनाउनु पर्ने बताए ।