काठमाडौ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उचित कारण दिए सभापतिमा अरूलाई छाड्न सकिने संकेत गरेका छन्।
१४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका पौडेलले आफ्नो समूहबाट एक जना मात्रै उम्मेदवार हुने गरी छलफल भइरहेको बताए।
उनले यो कुरा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर त्यहाँ भइरहेका गतिविधिबारे अवलोकन गरेपछि पत्रकारहरूसँग प्रतिकृया दिदै उनले यस्तो भनृेका हुन् ।
‘उचित कारणका साथमा सभापति को लड्ने निर्णय हुन्छ,’ उनले भने, ‘परिवर्तनको एजेन्डा लिएर अगाडि बढेकाहरू एउटा उम्मेदवार बनाउन लागिरहेका छौं।’
सभापति पदमा धेरैले प्रतिस्पर्धा गरे पनि एक जनाले जित्ने भएकोले मिल्नुपर्ने उनको भनाइ छ।
देउवा बाहेक अरू पनि सभापति हुने उनले बताए। त्यसको आधार भनेकै जनमत भएको उनले दाबी गरेका छन्। ।उनले नेतृत्व यसपटक परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म छ।