
काठमाण्डौ,असार २६
नेपालमा आज थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४३२ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ५४ हजार २१२ जना संक्रमित भएकोमा ६ लाख १८ हजार ३ सय ६१ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ ।